सोमबारको चर्चा : प्रदेश ३ को नाम र राजधानीदेखि खाडीमा नेपालीको चिन्तासम्म

 पुस २१, २०७६ सोमबार २०:१७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार देश, विदेशका धेरै घटना चर्चामा रहे । प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउनको लागि प्रदेशसभाको बैठक सुरु भएको छ । तर नाम र राजधानीलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद बढेपछि प्रदेशसभा बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । 

अनि कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा पारित गरेको निर्णयप्रति असहमति जनाएका छन् । 
देशभित्र मुख्य दलहरु आन्तरिक विवादमा फस्दा खाडीमा काम गर्ने नेपालीको सुरक्षालाई लिएर चिन्ता बढेको छ । अमेरिका र इरानबीच तनाव बढ्दा खाडीमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता बढेको हो । 

सोमबारका यिनै र अरु मुख्य खबर हेर्नुहोस् :

सोमबारका मुख्य खबर :


अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया