पोखरामा टाटा मोटर्सकोे नाइट आउट योजना सुरु हुँदै : एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सकिने

 पुस २२, २०७६ मंगलबार १५:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नाइट आउट योजना ल्याएको छ । 

२०२० जनवरी ७ देखि १० तारिखसम्म चल्ने कार्यक्रममा ग्राहकले विभिन्न आकर्षक उपहार र छुटका अफर पाउनेछन् । कार्यक्रम  पोखरा बुद्धचोकमा रहेको दिप मोटर्स प्रालिको सोरुममा बिहान ६ बजेदेखि ९ बजेसम्म हुने कम्पनीले जनाएको छ ।

यस योजनामा ग्राहकहरुले  टाटा मोटर्सको सोरुममा  नयाँ तथा अत्याधुनिक डिजाइनका एच फाइभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्ने तथा पुराना गाडी साटेर नयाँ किन्ने अवसर पाउनेछन् ।

योजना अन्तर्गत जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाखसम्मको एक्सचेन्ज बोनस, प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार रहेको कम्पनीले जनाएको छ ।

यस्तै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर छुट, एक जोडीलाई सिंगापुर क्रुज टूर लगायतका विशेष आर्कषणहरु पनि योजना कार्यक्रम अन्तर्गत रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया