सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गयाे

 पुस २२, २०७६ मंगलबार १६:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको शुक्रबार इराकमा अमेरिकी ड्रोन हमालमा मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिको क्रममा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गएको छ । भागदौडमा परेर ४८ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । 

सुलेमानीलाई गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा अन्तिम संस्कारमा लाखौँ मानिस भेला भएका थिए । केही दिनदेखि इरानका विभिन्न ठाउँ हुदै सुलेमानीको गृहनगरसम्म शवयात्रा गरिएको थियो ।

 

सुलेमानीको शवलाई शहीदहरुका लागि बनाइएको समाधिमा राखिएको छ । इराकमा अ‍ेमेरिकाले गरेको आक्रमणमा सुलेमानीको ज्यान गएपछि इरान र अमेरिकाबीच तनाव झन् बढेको छ ।

याे पनि पढ्नुहाेस्

अमेरिकी सेनालाई फिर्ता पठाउने प्रस्ताव इराकी संसदबाट पारित

ईरानले भन्यो– परमाणु सम्झौता मान्दैनौँ

अमेरिका–ईरान तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’

ईरानकाे ५२ ठाउँलाई निसाना बनाइएकाे छ, जुनसुकै बेला आक्रमण गर्न सक्छाैँ : डाेनाल्ड ट्रम्प

 

अमेरिकाले गएको जनवरी ३ मा बगदाद विमानस्थलनजिक ड्रोनबाट आक्रमण गर्दै ईरानको अल–कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई निशाना बनाएर हत्या गरेको थियो।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया