माैसम : पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बुधबार र बिहीबार काठमाण्डौमा पनि पानी पर्ने

 पुस २२, २०७६ मंगलबार १७:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमका केही ठाउँमा वर्षा भइरहेको छ । भैरहवा, प्यूठान, दिपायललगायत आसपासमा वर्षा भइरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा अहिले हिमपात भइरहेको छ । यो प्रणालीका कारण बुधबार मध्य र पूर्वी क्षेत्रसहित देशभर नै पानी पर्न सक्ने अनुमान गरिएको छ ।

यस्तै बिहीबार पनि देशभरको मौसम यस्तै रहने छ । केही ठाउँमा हिमपात र वर्षा हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया