अभ्यास खेलमा नेपालले ह्याम्पशायरलाई दियाे ३ सय ६३ रनको लक्ष

 साउन ५, २०७५ शनिबार २०:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - इंग्ल्याण्डको क्लब ह्याम्पशायर हग्ससँगको अभ्यास खेलमा नेपालले ३ सय ६३ रनको रनको लक्ष प्रस्तुत गरेकाे छ ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ३ सय ६२ रनको योगफल तयार पारेको हो । नेपालका कप्तान पारस खड्काले १ सय ६१ रन बनाए ।

यस्तै रोहितकुमार पौडेलले ४४, दिपेन्द्र सिंह ऐरीले ३७ र आरिफ शेखले २७ रन बनाए । यस्तै, करण केसीले १८, सन्दिप लामिछाने र ललित भण्डारीले १६–१६ तथा शरद भेषावकरले १४ रन बनाए । 

लर्डस्मा हुने त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीले इंग्ल्याण्डको क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेलिरहेको हो ।

ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो ।

नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । 

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।

नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डस्मा हुने त्रिकोणात्मक शृँखला जुलाई २९ तारिखमा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया