च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिश्का फर्नान्डोले २२ रन बनाए ।
यस्तै धनुष्का गुनाथिल्का २० रन बनाउँदा धनन्जय डी सिल्भाले १७ रनको योगदान गरे । वानिदु हसरङ्गा १६ रनमा अविजित रहे ।
भारतका लागि शार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलङ्कालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । यस्तै कुलदीप यादव र नवदीप सैनीले समान दुई–दुई विकेट लिए ।
जवाफमा भारतले १७ ओभर ३ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । भारतका केएल राहुलले ४५ रन बनाए ।
त्यसपछि शिखर धवन ३२ रनमा आउट हुँदा भारतले ८६ रनमा दोस्रो विकेट गुमायाे । र अन्त्यमा श्रेयर अय्यर र कप्तान विराट कोहलीले भारतलाई जित दिलाए । अय्यरले ३४ रन बनाए भने कोहलीले ३० रनको योगदान गरे ।
बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।
जितसँगै भारतले तीन खेलको सिरीजमा एक–शून्यको अग्रता बनाएको छ । यी दुई टिमबीचकाे पहिलाे खेल भने वर्षाले रद्द भएको थियो । यी दुईबीचकाे तेस्राे तथा निर्णायक टी–२० आउँदाे शुक्रबार पुनेमा हुनेछ ।