सशस्त्रका असई र हवलदारले विद्युत प्राधिकरणका कर्मचारी कुटे

 पुस २३, २०७६ बुधबार ११:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रबाट खटिएको ‘नोलाइट’ टोलीलाई प्रहरीले कुटपिट गरेको छ ।

मङ्गलबार राति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका दुई जना कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रविण राई र हवलदार छविन्द्र राईले कुटपिट गरेकाे जाेरपाटी वितरण केन्द्रका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ ।

कुटपिटबाट घाइते भएका विद्युत प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्काको अर्थोपेडिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुई जनालाई बौद्ध चौकीमा राखिएको छ ।

महानगरीय प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले भने प्राधिकरणका कर्मचारीले तीव्र गतीमा गाडी चलाएको र त्यसै विषयमा विवाद भएको बताउनु भयाे । प्रहरीविरुद्ध जाहेरी आएपछि मुद्दा चलाइने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया