राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव मिटरब्याज प्रकरणमा सर्लाहीबाट पक्राउ

 पुस २३, २०७६ बुधबार १५:२९:५६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही  - राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समेत रहेका सर्लाही सितापुरका रामबाबु राय यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । मिटर ब्याजमा ऋण लगानी गरेर धेरैलाई उठीबास लगाएको आरोपमा यादवलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो । 

चर्को ब्याज लगाउनुको साथै जग्गा बन्धकमा राखेर उठीबास लगाएको भन्दै यादवविरुद्ध उजुरी परेको थियो । मिटर ब्याजका कारण दुःख दिएको आरोप लागेका सर्लाही ब्रम्ह्पुरीका संजय गुप्ता भने फरार रहेका डिएसपी राठोरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया