चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

 पुस २४, २०७६ बिहिबार ७:३६:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – अत्यधिक चिसाे बढेपछि दाङको घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सूचना जारी गर्दै वार्षिक बिदाकाे छुट्टी कट्टा हुने गरी बिहीबार र शुक्रबार दुई दिन बिदा दिने निर्णय गरेकाे हाे ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।

चिसोका कारण विद्यालयमा बालबालिकाकाे उपस्थिति पनि न्यून भएपछि दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया