बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 पुस २४, २०७६ बिहिबार १०:२४:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा नै रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा तोकेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ९१ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ५६ पैसा रहेको थियाे । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०४ पैसा रहेको छ । हिजो खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ पैसा १५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर ३७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८० रुपैयाँ १३ पैसा नै रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा तोकेको थियो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया