बिहीबारको विशेष : नेपालको मौसमदेखि पश्चिम एशियाको तनावसम्म

 पुस २४, २०७६ बिहिबार १९:५५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार दिनभर काठमाण्डौसहित देशभर वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले चिसो बढाइरहँदा पश्चिम एशियामा विकसित घटनाले अरु देशलाई समेत नेपाललाई पनि तताएको छ । अमेरिका र इरानबीचको तनाव मत्थर हुने आशा त पलाएको छ । तर के हुने हो भन्ने अझै भर छैन ।

नेपाल सरकारले पश्चिम एशियामा विकसित घटनाप्रति चासो व्यक्त गर्दै संयम अपनाउन सबैमा आह्वान गरेको छ । यस्तै खाडीमा रहेका नेपालीको सुरक्षाबारे सरकारी निकायबीच छलफल भएको छ ।

अनि बेलायती राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने घोषणा गरेका छन् ।

हेर्नुहोस् बिहीबार दिनभरका मुख्य खबर :

पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो : संयम अपनाउन सबैमा आह्वान

खाडीमा रहेका नेपालीको सुरक्षाबारे सरकारी निकायबीच छलफल, समन्वय समिति बन्ने

स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

राजपरिवारकाे वरिष्ठ सदस्यबाट अलग हुने बेलायती राजकुमार ह्यारी र मेगनकाे घाेषणा

नेकपा संसदीय दलको बैठक : प्रदेश ३ को नाम र राजधानीको टुङ्गो लागेन

डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाए, काम गर्न निजीमा गए : स्वास्थ्यमन्त्री ढकाल

सपनाको खलबलिएको 'सपना' : गीत गाउने रहरले रेस्टुरेन्टमा दुर्व्यवहारकाे शिकार

मलेसियामा कार दुर्घटनामा दुई नेपालीको ज्यान गयो

मैले सबलाई बिर्सेछु कुलेखानी, तिमीलाई सम्झिँदा !

अब लाइसेन्सको लिखित परीक्षा कम्प्युटर प्रणालीबाट

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

ईरानकाे सैन्य क्षमता कति छ, अमेरिकी सेनासँग कति बेर टिक्ला ?

ईरानले भन्याे– 'अमेरिकासँगकाे तनाव कम गर्न भारतले पहल गरे हामी तयार छाैँ'

जबसम्म म अमेरिकाकाे राष्ट्रपति रहन्छु, ईरान कहिल्यै परमाणु शक्ति सम्पन्न राष्ट्र बन्न सक्दैन : ट्रम्प

ए डिभिजन लिग : त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा

लुका माेड्रिचकाे करियरकाे सयाैँ गाेल !

इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चाेटग्रस्त : दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेस्टबाट बाहिर

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया