ईरानसँग बिनाशर्त वार्ता गर्न अमेरिका तयार

 पुस २४, २०७६ बिहिबार २०:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाले इरानसँग बिनाशर्त वार्ता गर्न तयार रहेको बताएको छ ।

केही दिनयता दुई देशबीच तनाव चुलिएका बेला अमेरिकाले बिनाशर्त वार्ता गर्न तयार भएको बताएको हो । संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको उल्लेख छ । तर सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको बीबीसीले जनाएको छ । पत्रमा आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ ।

इरानले हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि यो आक्रमण आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Narendra Shrestha

    Jan. 9, 2020, 9:17 p.m.

    If s/o killed Trump for the sake of world peace and then agreed for discussion without any condition. what US will do ?

  •  0 Reply

तपाईको प्रतिक्रिया