मनसुनी गतिविधि : पश्चिमको तुलनामा पूर्वमा थोरै वर्षा

 साउन ६, २०७५ आइतबार ८:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो वर्ष पूर्वी क्षेत्रमा पानी कम पर्ने अनुमान गरिएको छ । देशका अरु भागको तुलनामा पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही कमजोर हुँदा पानी कम पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् मन्जु बासीका अनुसार बर्खा सुरु भए यता पश्चिम क्षेत्रमा धेरै पानी परेको छ । यस्तै मध्य क्षेत्रमा पनि लगातारजसो वर्षा भइरहेको छ । तर, मध्य र पश्चिमको तुलनामा पूर्वमा पानी कम परेको छ । अब पनि पूर्वी क्षेत्रमा पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । आज पूर्वी तराई र पहाडका केही भूभागमा हावाहूरी समेत चल्ने मौसमविद्ले बताएका छन् ।  


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया