महाेत्तरीकाे औरहीमा कापीको पानामा ‘प्लाइ’को चम्चाले दिवा खाजा

 पुस २५, २०७६ शुक्रबार १६:४३:३६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको औरही नगरपालिका-३ मा रहेको सोनफी दशैं माविका विद्यार्थीहरुले विद्यालयमा प्रदान गरिने दिवा खाजा कापीको पानामा प्लाइको चम्चाले खाने गरेका छन् ।  

विद्यालयले आवश्यक मात्रामा प्लेट र चम्चाको व्यवस्था गर्न नसकेपछि विद्याथीहरुले यस्तो समस्या झेल्नुपरेको हो । 

विद्यालयका प्रधानाध्याक ज्ञानेन्द्र यादवले पालिकाले दिवा खाजाबापत सीमित रकम उपलब्ध गराएपछि विद्यालयले अन्य सामग्री खरिद गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ । विद्यालयले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको छ ।  

नेपाल शिक्षक महासंघ, औरहीका अध्यक्ष गोपाल यादवले सम्बन्धित पक्षले याे विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले त्यस समूहका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजाबापत प्रतिविद्यार्थी १५ रुपैयाँका दरले रकम उपलब्ध गराउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया