मेक्सीकाेमा ११ वर्षका विद्यार्थीले गाेली प्रहार गरेर शिक्षककाे हत्या गरेपछि आफैलाई गाेली हाने

 पुस २६, २०७६ शनिबार ६:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तरी मेक्सीकोको एउटा विद्यालयमा ११ वर्षका बालकले गोलाबारी गर्दा एक शिक्षकको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

काेह्विला राज्यको निजी विद्यालय कोलिगो सरभेन्टेजमा ११ वर्षका बालकले दुई वटा बन्दुकले गोलाबारी गरेपछि आफुलाई पनि गोली हानेका प्रहरीले जनाएको छ ।

आक्रमणको कारण भने खुलेको छैन । मेक्सीकोमा हत्या गर्ने क्रम बढे पनि विद्यालयमा आक्रमण भने कमै मात्र हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया