घाँस काट्न जाँदा भिरबाट लडेर एक महिलाको ज्यान गयो

 साउन ६, २०७५ आइतबार ९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । मंगलसैन नगरपालिका वडा नम्बर १३ बुडाबाडाकी ३० वर्षीया देउरुपा जनालाको शनिबार भीरबाट लडेर ज्यान गएको हो ।

भिटामेलाको अग्लो डाँडा भन्ने ठाउमा घाँस काट्ने क्रममा शनिबार साँझ लडेर मृत्यु भएको स्थानीय अमृता रावतले जानकारी दिनुभयो ।

घाँस काटेर घर फर्किन लाग्दा भिरबाट लडेर उनको मृृत्यु भएको हो । मृतकका ३ छोरा र १ छोरी गरी ४ सन्तान रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया