पश्चिमी वायु फेरि सक्रिय हुँदैः पश्चिमका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

 पुस २७, २०७६ आइतबार ९:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार काठमाडौसहित पहाडी भेगमा लागेको कुहिरो बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।

तर तराईमा भने आइतबार दिनभर नै कुहिरो हट्ने सम्भावना छैन । तराईमा लागेको कुहिरो दिउँसो पातलो हुँदै गए पनि पूर्णरुपमा हट्ने सम्भावना नभएको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले जानकारी दिनुभयो ।

आइतबार सामान्यतया मौसम सफा नै रहे पनि साेमबार बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र देशभरको मौसममा सामान्य बदली हुने महाशाखाले जनाएकाे छ । माैसम बदलीसँगै पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको माैसमविदे वासीले बताउनु भयो ।

आइतबार बिहान काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया