ए डिभिजन लिग : फ्रेण्ड्स क्लब पहिलाे जित खाेज्दै, सरस्वती 'रेलिगेशन जाेन'बाट माथि उठ्ने प्रयासमा

 पुस २७, २०७६ आइतबार १०:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई वटा खेल हुँदैछन् । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा मध्याह्न १२ बजे थ्रीस्टार र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । थ्रीस्टार १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स क्लबले भने जारी लिगमा अहिलेसम्म २ अङ्कमात्रै जोडेकाे छ ।

फ्रेण्ड्स क्लब अहिले अङ्क तालिकाकाे १३औँ स्थानमा छ । आजकाे खेलमा फ्रेण्ड्स क्लब पहिलाे जितकाे खाेजिमा हुने छ । त्यस्तै तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार आजको खेलमा विजयी भए शीर्ष स्थानको मछिन्द्रसँग अङ्क बराबरी गर्ने छ । तर थ्रीस्टार गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहने छ ।

यस्तै दिउँसो तीन बजे आठौँ स्थानको ब्रिगेड ब्वाइज र पुछारमा रहेको सरस्वती क्लब प्रतिस्पर्धा गर्दैछन् । ब्रिगेड ब्वाइज विजयी भए छैटौँ स्थानमा उक्लने छ भने सरस्वती विजयी भए रेलिगेशन जोनबाट माथि उठ्ने प्रयासमा हुने छ ।

शनिबार भएको खेलमा मछिन्द्रले जावलाखेलमाथि एक–शून्यकाे जित दर्ता गर्दा मनाङले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेकाे थियाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया