विपीलाई सम्झँदै वृक्षारोपण

 साउन ६, २०७५ आइतबार ११:३५:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा सन्धिखर्कमा आइतबार वृक्षारोपण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयेजनामा सन्धिखर्कको पाणिनी बहुमुखि क्याम्पसको प्रांगण तथा आसपासको क्षेत्रमा फलफूल वृक्षारोपण गरिएको हो । 

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, नेपाली कांग्रेसका महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद खनाल, जिल्ला सहसचिव इन्सु मियालगायतको उपस्थिति रहेको थियो । 
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिवार्चित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया