बिर्तामोडमा टाटा मोटर्सको कार मेला सुरु

 पुस २७, २०७६ आइतबार २०:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र बिर्तामोडको सिप्रदी ट्र्रेडिङ्गको आधिकारिक डिलर अलस्का अटोमोबाईल्स प्रालिको सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा आइतबारबाट कार मेला सुरु भएकाे छ ।  

टाटाकाे शाेरुम अलस्का अटोमोबाईल्समा बिहान एघार बजे देखि साँझ सात बजेसम्म मेला चल्ने छ । साेमबारसम्म चल्ने मेलामा ग्राहकहरुले एकै स्थानबाट टाटाका विभिन्न गाडी किन बेचको सुविधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेछन् ।

याे मेलामा अन दि स्पोर्ट् फाइनान्सीङ्गका साथै, टेस्ट ड्राइभको व्यवस्था, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग गर्न सक्नेछन् । साथै स्वादिष्ट परिकारहरुको स्वादसँगै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्चेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु मेलामा पाउने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया