राेनाल्डाे र डेमिरलकाे गाेलमा युभेन्टस विजयी

 पुस २८, २०७६ सोमबार ८:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इटालियन 'सिरी ए' मा युभेन्टसले महत्वपूर्ण जित निकालेको छ । चौथो स्थानको रोमामाथि २–१ को जित हात पार्दै युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानमाथि दुई अङ्कको अग्रता लिएको छ ।

युभेन्टसको जितमा क्रिस्टियानाे राेनाल्डाे र मेरिह डेमिरलले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा डेमिरलले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । १०औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुमै दुई गोलको अग्रता दिलाए । 

६८औँ मिनेटमा रोमाले पेनाल्टी पायो, जसलाई डिएगो पेरोट्टीले गोलमा परिणत गर्दै युभेन्टसको अग्रता छोट्याए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा रोमा पराजित हुन पुग्यो ।

जितसँगै युभेन्टसले १९ खेलबाट ४८ अङ्क बनाएको छ । समान खेलबाट इन्टरमिलान ४६ अङ्कसहित दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया