हाजार्ड चेल्सीमै रहने

 साउन ६, २०७५ आइतबार १२:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडको प्रयासका बाबजुत चेल्सीले इडिन हाजार्डलाई नबेच्ने स्पष्ट पारेको छ । इडिन हाजार्ड रियल जानका लागि क्लबमाथि दबाब नदिने विश्वास चेल्सीको छ ।

नवनियुक्त प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार हाजार्डलाई समावेश गरेर रणनीति बनाउन थालेका छन् । हाजार्ड चेल्सीमै रहने विश्वास प्रशिक्षकको पनि छ । तर हालै हाजार्डले एक साताको तीन लाख पाउण्डको सम्झौता गर्न अस्वीकार गरिसकेका छन् । अझ पनि चेल्सी हाजार्डले रियल जानका लागि दबाब नदिने विश्वासमा छ ।

तर चेल्सीको स्रोतअनुसार हाजार्डका लागि १५० मिलियन पाउण्डको प्रस्ताव आएमा स्वीकार गर्न सक्ने मनसायमा छ । 

विश्वकपका क्रममा हाजार्डले रियल जान चाहेको बताएपनि चेल्सीमा उनको सम्झौता सन् २०२० सम्म छ । एन्टोनियो कोन्टेलाई बर्खास्त गरेपछि भित्रिएका नयाँ प्रशिक्षकको करियरका लागि हाजार्ड विनाको टिमले समस्या दिन सक्नेछ ।

प्रिसिजनका लागि टिम अष्ट्रेलियामा रहँदा हाजार्ड भने विदा मनाउनका लागि स्पेनमा छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया