सोमबारको खबर : जापानका अर्बपती चन्द्रमा जाने साथीको खोजीमा, नेपालमा सभामुख कुन नेताको गोजीमा ?

 पुस २८, २०७६ सोमबार १९:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सोमबार पनि देशको राजनीति सभामुखमै केन्द्रित भएको छ । नेकपाका शीर्ष नेताहरुले सभामुखको नाम टुंगो लगाउन नसक्दा आइतबारका लागि बोलाइएको संसद बैठक फेरि स्थगित भएपछि नेताहरु आआफ्नै तर्क र अनुमानमा व्यस्त छन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरेसम्म राजीनामा नदिने अडान लिनुभएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चाहिँ उपसभामुखको हैसियतामा तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताउनुभएको छ ।

नेपालमा नेताहरु सभामुखको खोजीमा व्यस्त भैरहँदा जापानका अर्बपति युसाकु मेजावाले चन्द्रमामा जान महिला जीवन साथी खोजिरहेका छन् । ४४ वर्षीय व्यापारी अन्तरिक्ष कम्पनी स्पेस एक्सबाट चन्द्रमामा जाने संसारकै पहिलो पर्यटक बन्दैछन् । 

अनि पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको भन्दै पाकिस्तानको लाहोर उच्च अदालतले विशेष अदालत नै भंग गरेको छ । योसँगै मुशर्रफलाई सुनाइएको सजाय पनि रद्द भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेर्नुहोस् सोमबारका मुख्य खबर :

उपसभामुखको अडान : सभामुखको उम्मेदवार घोषणा नगरी राजीनामा दिन्न

व्यक्तिगत इच्छा, आकांक्षा पूरा गर्न उपसभामुखले संसद अवरुद्ध गर्नुभयाे : नेता गुरुङ

ढङ्ग बिनाका नेता र बैरङ्ग चिठी जस्तो सरकार !

प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

दिलीप महताेकाे परिवारलाई पाँच लाख दिने प्रदेश २ सरकारकाे निर्णय

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको सर्वाेच्चकाे ठहर

मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने अर्थमन्त्रीकाे चेतावनी

निःशुल्क सीपमुलक तालिम लिन चाहनुहुन्छ ? आवेदन दिनुहोस्

मानव अधिकार हनन् हुनेगरी कुनै पनि विधेयक ल्याइएकाे छैन : मन्त्री ज्ञवाली

सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघकाे चेतावनी

डा.सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार

मेलम्ची खानेपानी आयोजनाकाे सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ

साताका तस्बिर

मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’, मृत्युदण्ड ‘रद्द’

जापानी अर्बपति चन्द्रमा भ्रमणमा जान ‘जीवन साथी’ खोज्दै !

सिरियामा हवाई आक्रमण, ७ जनाको ज्यान गयो

ए डिभिजन लिग : च्यासल र एपीएफ गोलरहित बराबरीमा रोकिए

ए डिभिजन लिग : एनआरटीकाे तेस्राे जित, पुलिस १-० ले पराजित

२०२३ काे टी-२० विश्वकपमा २० देशलाई सहभागी गराउने आईसीसीकाे तयारी

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया