नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालकाे वरीयतामा छलाङ

 पुस २९, २०७६ मंगलबार ८:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् ।

यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । काठमाण्डाैमा केही दिनअघि भएको प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल सिरिजमा उपविजेता भएका प्रिन्स ११औँ स्थानमा उक्लेका हुन् ।

यू–१९ एकल फाइनलमा प्रिन्स भारतमा मेएरवा लुवाङसँग पराजित भएका थिए । मेइरवा वरीयताको तेस्रो स्थानमा छन् । जारी नयाँ वरीयताअनुसार प्रिन्सको ८ हजार ८ सय ४५ अङ्क छ । गएकाे सेप्टेम्बरमा यूएईमा भएको दुबई जुनियर इन्टरनेशनल सिरिज जितेपछि प्रिन्सले वरीयतामा फड्को मारेका थिए ।

यस्तै, नेपालमै भएको इन्टरनेशनल सिरिजमा प्रिन्स पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए । जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् ।

यस्तै भारतका तीन खेलाडी प्रिन्सभन्दा अघि छन् । भारतमा मेइराबा लुवाङ तेस्रो र भरुण कपुर चौथो स्थानमा छन् । यस्तै प्रियान्सु राजावत प्रिन्सभन्दा १ स्थानमाथि दशौँ स्थानमा छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया