ए डिभिजन लिग : आर्मीलाई शीर्ष स्थानमा उक्लने माैका

 पुस २९, २०७६ मंगलबार १०:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मङ्गलबार छैटौँ चरणको अन्तिम खेल हुँदैछ ।

लिगअन्तर्गत मङ्गलबार एउटा मात्रै खेल हुने छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा दिउँसो ३ बजे सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । 

पाँचौँ चरणको खेल समाप्ति हुँदा शीर्ष स्थानमा रहेको आर्मी छैटौँ चरणको अन्तिम खेलसम्म आइपुदा दोस्रो स्थानमा छ । सङ्कटा भने आठौँ स्थानमा छ ।

याे खेलमा जित निकाल्दै आर्मी तालिकाको फेरि शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा सङ्कटा पनि आर्मीविरुद्ध जीत निकाल्दै पाँचौँ स्थानमा उक्लने प्रयासमा हुने छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया