एनसेलको 'मेरो प्लान' अब साप्ताहिक प्याकमा

डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्स नकाटिइकन आफै डाटा बन्द हुने

 पुस २९, २०७६ मंगलबार ११:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डाटा र  भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् । 

यो आकर्षक योजना मङ्गलबार (पुस २९) देखि लागू हुनेछ । याे याेजनामा एनसेलले दुई साप्ताहिक प्याकहरुः २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ । २ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ मा सेवा प्राप्त गर्नेछन् । 

यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र करसहित मात्र १ दशमलव २८ रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्ने छन् । 

त्यसैगरी ६ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १ सय ९१ दशमलव ५४ रुपैयाँमा ६ जीबी (४ जीबी + २ जीबी भिडियो डाटा) को मजा लिन सक्ने छन् । प्याकअन्तर्गतको भिडियो डाटामा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तैः गूगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्ने छन् । 

डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्स नकाटिइकन आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता हाे । याे प्लानअन्तर्गत ग्राहकले आफ्नो डाटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लानहरु तुरुन्त फेरि लिन सक्ने छन् । 

साप्ताहिक प्लानअन्तर्गतका डाटा भोलुमको समयावधि सुरु भएको दिनदेखि सात दिनको रहने छ । ग्राहकले *१७१२३# डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुरु गर्न सक्ने छन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताबमोजिम ग्राहककाे आवश्यकताअनुसारको बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा हर्षित भएकाे एनसेलले जनाएको छ । 

यस योजनामा रहेका कुनै पनि प्लान सुरु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ ।

मुख्य ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ रुपैयाँमा प्रयोग गर्न सक्ने छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया