प्रहरी प्रशासनकै आडमा दिलिपको हत्या गरिएकाे मुख्यमन्त्री राउतकाे आराेप

 पुस २९, २०७६ मंगलबार १६:४३:२९ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै आडमा अवैध बालुवा गिट्टी उत्खननकाे विराेधमा उत्रिएका ओमप्रकाश भनिने दिलिपकुमार महतोकाे  हत्या गरिएको आरोप लगाउनु भएको छ ।

यादवले दिलिपकाे हत्या गरी प्रहरी प्रशासनकै मिलोमतोमा घटनालाई दुर्घटनामा परिणत गर्न बिनामुचुल्का शव पोष्टमार्टमका लागि पठाइएको बताउनु भएको हो 

मंगलबार नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय, र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएकाे हाे ।

प्रहरी प्रशासनकै मिलोमतोमा प्रदेशका नदी तथा खोलाहरुमा दर्जनौँको संख्यामा अवैध क्रसरहरु सञ्चालन भइरहेकाे उहाँले बताउनुभयाे । जिल्लाका प्रमुख जिल्ला अधिकारी सक्रिय भएर नियन्त्रण गर्नतर्फ लागे अवैध क्रसर उद्योगहरु बन्द हुनसक्ने भन्दै यादवले सम्बन्धित निकाय निस्क्रिय भएकाे बताउनुभयाे  ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको मातहतमा प्रहरी प्रशासन भएको भए यस्ता अवैध उत्खनन कार्य पहिले नै खत्तम हुनसक्थ्यो । तर दुर्भाग्य, संघ सरकारले शान्ति सुुरक्षाको नाममा अवैध काममा सघाउँदै आएकाे छ ।’   

उहाँले अवैध उत्खनन र चुरे दोहनमा यहाँका स्थानीय प्रशासन मात्रै नभइ गृहमन्त्रालयसम्मको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभयाे । ‘प्रदेश-२ समाप्त पार्न तलदेखि माथिसम्मको निकायले सुनियोजित ढङ्गले वन कटानी र अवैध उत्खनन गराइरहेको छ’, उहाँले भन्नुभयो ।

चुरे दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएकाे बताउँदै उहाँले चुरे दाेहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण भएकाे बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया