सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

 पुस २९, २०७६ मंगलबार १८:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि अघिल्लाे वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै थियो । 

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो । 

सानिमा बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी भुवनकुमार दाहाल र पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हाे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुगेकाे अस्पतालका निर्देशक शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया