गोकर्ण रिसोर्टको म्याद थपकाे निर्णयबारे छलफल गर्न सरकारलाई सर्वाेच्चले बाेलायाे

 पुस २९, २०७६ मंगलबार २०:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप गर्ने निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ ।

अधिवक्ता विष्णु लुइँटेलले लिज अवधि नसकिँदै रिसोर्टको समयावधि २५ वर्ष थपेको भन्दै गएको शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकार र नेपाल ट्रष्टलाई माघ १२ गते छलफलका लागि बोलाउन आदेश दिएको हो ।

सर्वोच्चले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि सरकारसँग सोधेको छ । रिट निवेदक र सरकारबीच छलफल पछि अन्तरिम आदेशको टुङ्गो लगाउने गरी सरकारलाई छलफलमा बोलाउने आदेश भएको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पाैडेलले जानकारी दिनुभयो ।

गोकर्ण फरेस्ट रिसोर्ट रहेको काठमाण्डौ गोकर्णमा रहेको नेपाल ट्रष्टको जग्गा लिज अवधि नसकिँदै यति हाेल्डिङ्सलाई दिनेबारे सरकारले गरेको निर्णय अहिले विवादमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया