पाकिस्तानका फखरले बनाए सबैभन्दा चाँडो हजार रन पूरा गर्ने विश्व कीर्तिमान

 साउन ६, २०७५ आइतबार १४:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

एक वर्षअघि मात्र एक दिवसीय क्रिकेटमा डेब्यु गरेका पाकिस्तानी ओपनर ब्याट्सम्यान फखर जमानले सबैभन्दा चाँडो १ हजार रन पूरा गर्ने नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

अहिलेसम्म १८ पारी ब्याटिङ गरेका फखरले जिम्बाब्वेविरुद्धको पाँचौ एक दिवसीय क्रिकेटमा यो उपलब्धी हासिल गरेका हुन् ।

फाखरले २१ पारीमा १ हजार रन पूरा गरेका वेस्ट इण्डिजका सर भिभियन रिचर्ड्स सहित इंग्ल्याण्डका केभिन पिटर्सन, जोनाथन ट्रट, दक्षिण अफ्रिकाका क्विण्टन डी कक र पाकिस्तानकै बाबर आजमकाे कीर्तिमान तोडेका हुन् । 

यसैगरी फखरले जिम्बाब्वेविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा नट आउट २१० रन बनाएर दोहोरो शतक बनाउने पहिलो पाकिस्तानी क्रिकेटर को कीर्तिमान पनि

बनाएका थिए । 

यसैगरी उनले पहिलो विकेटका लागि इमाम उल हकसँग ३०४ रनको साझेदारी गर्दै विश्व क्रिकेट इतिहासमा सबैभन्दा धेरै रनको साझेदारीमा पनि नाम लेखाएका थिए ।

सुरुवाती जोडीले बनाएको यो साझेदारीले सन् २००६ मा सनथ जयसूर्या र उपुल थरंगाले बनाएको २८६ रनको कीर्तिमानलाई तोडेको हो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया