वाग्मतीबाहेक सबै प्रदेशमा सार्वजनिक बिदा

 माघ १, २०७६ बुधबार ९:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  माघे सङ्क्रान्तिको अवसरमा बुधबार केन्द्र सरकारले सार्वजनिक बिदाकाे घोषणा नगरे पनि प्रदेश सरकारहरुले भने बिदा दिएका छन् ।

वाग्मतीबाहेक अरु सबै प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । वाग्मती प्रदेशमै पर्ने नुवाकोटको ककनी र म्यागङ गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिकाले भने सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

प्रदेश ५ ले भने बिहीबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्व विशेषरुपमा मनाउने थारु तथा मगर समुदायको धेरै बसोबास रहेकाले बुधबार र बिहीबार बिदा दिइएको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sudeep Kumar Dhungana

    Jan. 15, 2020, 10:18 a.m.

    गोकर्णेश्वर नगरपालिकामा पनि विदा छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया