गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियाे बालुवा

 माघ १, २०७६ बुधबार १०:१:५३ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन एक सय टिप्पर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ ।

समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिप्पर बालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मङ्गलबार सम्झौतासमेत भएको छ । समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिनु भयो । 

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनु भयो ।रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेल मैदानमा खेल भएका हुन् ।

रङ्गशाला सम्पन्न हुँदै गर्दा त्याे ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया