नुवाकोटमा ५० हल गोरुको घम्साघम्सी

 माघ १, २०७६ बुधबार १०:४५:२७ | नवदीप अजनबी
unn.prixa.net

फाइल फोटो

नुवाकोट – नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । यो वर्ष नुवाकाेटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइने तयारी भएको छ ।   

गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँदैछ ।   

फाइल फाेटाे

तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइने भएको छ ।   

तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाउनको लागि स्थानीय मेला आयोजक समितिमा गोरु धनीहरुले गोरु दर्ता गराएको आयोजकहरुले जनाएका छन् ।   

फाइल फाेटाे

नेपालको राजनीतक खेल, दाउपेज र तिकडमलाई कतिपयले नुवाकोटको गोरु जुधाइसँग तुलना गर्ने गर्दछन् । नेताहरुलाई व्यङ्ग्य गरिने यहाँको गोरु जुधाइमा सधैँजसाे प्रमुख राजनीतिक हस्तीहरु नै प्रमुख अतिथि बनेर आउने गरेका छन् । यो वर्षको गोरु जुधाइमा पनि दुई राजनीतिक हस्ती नुवाकोट आउने भएका छन्–प्रमुख अतिथिको रुपमा ।    

फाइल फाेटाे

तारुकाकाे गोरु जुधाइको प्रमुख अतिथि बन्न नेपाली काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला आउने हुनु भएको छ भने बेत्रावतीको गोरु जुधाइको प्रमुख अतिथिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे आउनु हुनु भएको छ ।

यस्तै, घले भञ्ज्याङको गोरु जुधाइमा डा. रामशरण महत प्रमुख अतिथि रहनु हुने भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया