सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

 माघ १, २०७६ बुधबार १४:२०:५५ | रासस
unn.prixa.net

सप्तरी - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बुधबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट वडा नम्बर ७ का स्थानीय देवनारायण साहको घर पूर्णरूपमा जलेर नष्ट भएको तथा छिमेकी सूर्यनारायण साह र तेजनारायण साहकाे पनि एक/एक घर जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । गाईगोठमा बालेको आगोबाट आगाे सल्किएकाे हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । 

आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन र नगद जिन्सीलगायत झण्डै १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको दमकलकाे सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 
यसैबीच आगलागी पीडितलाई पालिकाले राहतस्वरुप चिउरा, भुजिया, भुजा तथा त्रिपालकाे व्यवस्था गरेको पालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया