पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
बिग ब्याश क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
उनले व्यक्तिगत तेस्रो ओभर मेडन राख्दै २ विकेट लिएका हुन् ।
टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र तीन रन दिए । जसमा उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बल डट गरेका उनले चौथो बलमा मात्र एक रन दिए । त्यसपछि पाँचौ र छैटौँ बल उनले डट फाले ।
त्यसपछि दोस्रो ओभरमा पनि उनले कसिलो बलिङ गर्दै मात्र चार रन खर्चिए । जसमा उनको बलिङमा मार्कस स्टोइनिसले बनक्रोफ्टको विकेट ड्रप गरेका थिए ।
पहिलो बल डट फालेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बल पनि डट फालेका उनले चौथो बलमा एक रन दिए । पाँचौँ बलमा ब्याँक्रफ्टलाई डीप कभरमा स्टोनीसले ड्रप गरे । छैटौ बलमा सन्दिपले एक रन खर्चिए ।