बलात्कारको जाहेरी दर्ता हुन नसक्दा अनुसन्धान प्रभावित

 साउन ६, २०७५ आइतबार १५:३९:३३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – केही स्थानीय व्यक्तिहरुका कारण महोत्तरीको गौशालामा एक असहाय महिलामाथि भएको बलात्कारको घटना प्रहरीमा दर्ता हुन सकेको छैन ।

गौशाला ६ फुलकाहाकी सुस्त मनिस्थिति भएकी एक महिलामाथि गएको बिहीबार दिउँसा बलात्कारको शिकार भएकी थिइन् ।

स्पष्ट बोल्न नसक्ने २८ वर्षीया महिलामाथि गाँउका केही युवाहरुले बनमा लगेर जर्वजस्ती बलात्कार गरेको घटना सार्वजानिक भएको थियाे ।

तर वडाअध्यक्ष नथुनी राउतले भने घटना घटेलगतै आफुले छानबिनको लागि तुरुन्त पहलकदमी उठाएकोे बताउनुभयो ।

तर बलात्कारका गाँउका केही व्यक्तिहरुका कारण प्रहरीमा किटानी जाहेर दर्ता हुन सकेको छैन ।

प्रहरीले घटनाको उजुरी लेख्न प्रयास गरेको तर गाँउकै केही व्यक्तिहरुले जलेश्वरबाट उजुरी लेखाएर ल्याउने अडान लिएपछि घटनाको उजुरी आउन नसकेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको उजुरी आउन ढिलाईले गर्दा अनुसन्धान प्रभावित भएको पनि प्रहरीले जनाएको छ । 

पीडकले दिएको हुलियाको आधारमा प्रहरीले गोप्य रुपमा अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पीडित पक्षका टाठाबाठाहरुले तीन दिनअघि भएको घटना मिलाउन उजुरी दर्ता गराउन ढिलाई गरिरहेको पीडित पक्षको आरोप छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया