आईजीपी, एसएसपीले 'आइस्योस्/गइस्योस्' भन्ने अनि अरुले चाहिँ 'तँ' भन्न मिल्छ ?: गायिका आस्था राउत

 माघ २, २०७६ बिहिबार १३:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । 

झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको राउतले बताइन् । 

उनी बुधबार सिक्किम जाने क्रममा ती महिला कर्मचारीले अभद्र व्यवहार गरेको बताउँदै उनले भनिन्, ‘महिलाले महिलाको सम्मान गर्दैन, कलाकारको सम्मान छैन । 'प्रहरी मेरो साथी' अभियान हटाए हुन्छ ।’

एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो ? राम्रोसँग भन्न सकिँदैन ?’

‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्राे व्यवहार गर्दैनन्, तबसम्म माथिकाले 'हजूर भनेर के काम ?’ उनले भनिन् ।   

साथै आस्था राउतले भिडियाे लाइभपछि फेसबुकमा पाेस्ट लेख्दै आफू आवेगमा आएकाे र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी छिन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • Swabhiman Sapkota

    Jan. 18, 2020, 5:59 p.m.

    आस्था राउत कुनै आतंकबादी संगठनका लागि त काम गर्दिनन ? सुरक्षा कर्मी लाई सुरक्षा जाँच मै अबरोध पुराउने व्यक्ति लाई जेल सजाय हुनु पर्ने हैन र ? #आस्था_राउत #आतंकबादी_संगठन

  •  0 Reply

तपाईको प्रतिक्रिया