सुनकाे भाउ बढ्याे

 माघ ३, २०७६ शुक्रबार १०:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

सुनको भाउको उतारचढावले कारोबार प्रभावित भएको व्यवसायीले जनाएका छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया