यातायात क्षेत्रको सबै सिन्डिकेट खारेज भयो : मन्त्री महासेठ

 साउन ६, २०७५ आइतबार १७:२४:३० | उज्यालो सहकर्मी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सबै सिन्डिकेट खारेज गरिएको दाबी गर्नु भएको छ ।

मन्त्री महासेठले श्रावण १ गतेबाट यातायातका संघ, संस्थाहरुको नविकरणको काम समेत बन्द गरिएको स्पष्ट पार्नुभयो । सरकारले गएको वैैशाख २३ गतेबाट यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय कार्यान्वयन गराउने क्रममा श्रावण १ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत यातायात समितिहरुको नविकरणको काममा समेत सरकारले बन्देज लगाएको मन्त्री महासेठको स्पष्टिकरण छ ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सबै बस व्यवसायीहरु कम्पनी ऐन अन्तरगत आउने काम सुरु भएको पनि जानकारी दिनुभयो । सरकारले सबै यातायात व्यवसायीलाई कम्पनी ऐन अनुसार दर्ता प्रक्रिया अघि बढाउन सचेत गराउँदै आएको छ ।

मन्त्री महासेठले मेलम्ची खानेपानीको व्यवस्थापनका कारण काठमाडौंको सडक अस्तव्यस्त भएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया