सिरहामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे, पाँच जना घाइते

 माघ ४, २०७६ शनिबार १५:२२:५८ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा - पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका-७ मा शनिबार अपराह्न भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाकाे ज्यान गएको छ ।भने अन्य पाँच जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेका प्रहरीले जनाएकाे छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्र्याक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।  

तीव्र गतिमा रहेको ट्र्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयाे। ज्यान गुमाएका दुवैको शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया