रियल मड्रिडलाई जिताउन कासिमिराेकाे दुई गाेल

 माघ ५, २०७६ आइतबार ६:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । कासिमिरोले दुई गोल गर्दा रियल मड्रिडले चौथो स्थानको सेभियाविरुद्ध महत्वपूर्ण जित निकाल्याे । 

जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । ५७औँ मिनेटमा लुका जोभिचको पासमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।

६४औँ मिनेटमा मुनिरको पासमा लु डी जोङले सेभियालाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि लुकास भाज्क्वेजको पासमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।

जितसँगै रियल मड्रिडले ४३ अङ्क बनाएको छ । एक खेल कम खेलेकाे बार्सिलोनाको ४० अङ्क छ । सेभिया भने ३५ अङ्कसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया