ईपीएल : आर्सनल, म्यानचेस्टर सिटी र टाेटनह्यामले बराबरी खेले, चेल्सी हार्‍याे

 माघ ५, २०७६ आइतबार ७:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गलिश प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनल, म्यान्चेस्टर सिटी र टोटनह्यामले बराबरी खेलेका छन् ।

शनिबार रातिको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडसँग एक–एक गोलको बराबरी खेल्याे । ४५ औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीको गोलमा अग्रता लिए पनि आर्सनलले अग्रता जोगाउन सकेन । ८३औँ मिनेटमा जोन फ्लेकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।

अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससँग दुई–दुई गोलको बराबरी खेलेको छ । खेलको ८२ मिनेटसम्म एक–शून्यले पछि परेको सिटीका लागि त्यसपछिका ५ मिनेटमा सर्जियाे अग्युराेले दुई गोल गर्दै दुई–एकको अग्रता लिए पनि ९०औँ मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि दुवै टिम अङ्क बाँड्न बाध्य भए ।

बराबरीसँगै सिटी तालिकाको तेस्राे स्थानको लेस्टर सिटीभन्दा ३ अङ्कले अघि छ ।

यस्तै टोटनह्यामले वार्टफोर्डसँग गोलरहित बराबरी खेलेको छ । प्रतियोगितामा चेल्सी भने न्यु क्यासलसँग पराजित भएको छ । खेलको अन्तिम मिनेटमा न्यु क्यासलले गोल गरेपछि चेल्सी पराजित भएको हो ।

प्रिमियर लिगमा नर्विचले बर्नमाउथलाई एक–शून्यले तथा ओल्भ्सले साउथह्याम्पटनलाई तीन–दुईले हरायाे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया