उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँकाे माैसम सफा रहने

 माघ ५, २०७६ आइतबार ८:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाडौसहित केही ठाउँमा लागेको कुहिरो दिउँसोपछि हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि वर्षा र हिमपात गराएकाे मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।

उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना छ तर पानी वा हिउँ पर्ने सम्भावना भने नभएको उहाँले बताउनु भयो । अबको एक, दुई दिन पानी पार्ने खालको मौसमी प्रणाली नदेखिएकाले मौसम सफा रहने उहाँको भनाइ छ ।

आइतबार बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया