आकाश भन्छन्, ‘पूजा मेरो पार्टनर हो’

 साउन ६, २०७५ आइतबार १८:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोडलिङ हुँदै दुई वर्ष अघि सिनेमामा कदम राखेका अभिनेता आकाश श्रेष्ठले छोटो समयमा सिनेमाबाट राम्रो चर्चा हासिल गरेका छन् । 

आकाश अभिनित तेस्रो सिनेमा ‘ब्ल्याक’भदौ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनको चौथो सिनेमा ‘रामकहानी’ भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यतिबेला आकाश ‘ब्ल्याक’को प्रचार प्रसारमा जुटेका छन् । तर उनको चर्चा भने ‘रामकहानी’का कारण बढेको छ । 

‘रामकहानी’मा पूजा शर्माको जोडीको रुपमाकाम गरेका उनको यतिबेला पूजासँगै नाम जोडिएको छ । 

आकाशले शनिबार मात्रै ‘रामकहानी’को प्रचार प्रसारको लागि पूजासँग फोटोशुट गरेका छन् । उनीहरुले सिनेमाको पोस्टरको लागि राम र सीता बनेर फोटोशुट गरेका छन् । 

तर सिनेमामा आकाश रामको भूमिकामा प्रस्तुत भएका छन् भने अभिनेत्री पूजा मायाको भूमिकामा प्रस्तुत भएकी छिन् । 

सिनेमामा एक अर्काको जोडी बनेका उनीहरु वास्तविक जीवनमा पनि प्रेममा रहेका कुराहरु आइरहेका बेला आकाशले यसबारे मुख खोलेका छन् ।  
यस विषयमा हालै आकाशले पूजा आफ्नो पार्टनर भएको खुलाएका छन् ।

कुराकानीमा उनले पूजालाई दिदी भन्न सहजै अस्विकार गरेर पूजा आफ्नो पार्टनर भएको बताए । उमेर र अनुभवले पूजा आकाशभन्दा जेठी छिन् ।

तर कुरै कुरामा आकाशले माया प्रेममा उमेरले फरक नपार्ने पनि बताएका छन् । 

सिनेमा प्रदर्शन हुनु अगाडि यस्ता कुरा आउनु राम्रो भएको भन्दै आकाशले यी सबै कुराले सिनेमा प्रमोशनमा सहयोग पुग्ने खुलाएका छन् ।

आकाशले पूजाले आफूलाई प्रेमीको रुपमा स्विकार गरेको खण्डमा आफूलाई कुनै पनि समस्या नहुने समेत उल्लेख गरे । 

उनले भने,‘पूजाले मलाई स्विकारे त मैले पनि पूजालाई स्विकार्नु पर्यो नि त ।’ यस हिसाबले आकाशले घुमाउरो पारामा पूजासँगको प्रेम स्विकारेका छन् भन्न सकिन्छ । 

उनले सिनेमाको प्रचार प्रसारको लागि नै भएपनि यतिबेला आफूहरु एक हुनुपर्ने बताएका छन् ।

उता पूजाले भने आफूहरु राम्रो साथी भएको खुलाएकी छिन् । 

आफूहरुबीच केटाकेटीवाला प्रेमभन्दा पनि मित्रता अनि टिमको सदस्य भएका कारण आफूलाई आकाशको माया लाग्ने खुलाईन् । 

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया