विग ब्यासमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको पाँचाैँ स्थानमा

 माघ ६, २०७६ सोमबार १५:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियामा जारी विग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको पाँचाैँ स्थानमा उक्लिएका छन् ।

अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्‍याएका छन् । दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक पाचाैँ स्थानमा उक्लिएका हुन् ।

सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २९५ रन खर्चिएका छन् । उनको इकोनोमी रेट ७.७६ रहेको छ ।

सन्दीप भन्दामाथि पर्थ स्कोर्चसका जे रिचर्डसन रहेका छन् । उनले पनि समान १४ विकेट लिएका छन् । जारी लिगमा सर्वाधिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स हुन् । उनले ११ खेलमा २० विकेट लिएका छन् ।

यसैगरी मेलवर्न स्टार्सका हेरिस रफ १६ विकेटसहित दोस्रो स्थानमा रहँदा समान १६ विकेट लिएका एडिलेड स्ट्राइकर्सका रासिद खान तेस्रो स्थानमा छन् । सिड्नी सिक्सर्सका टम कुर्रान १५ विकेटका साथ चौथो स्थानमा छन् ।

*यसअघि ‘छैटाैँ स्थान उक्लिए’ भनिएकाेमा सच्चाइएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया