अर्घाखाँचीमा पोखरीमा डुबेर २ बालिकाको ज्यान गयाे

 माघ ६, २०७६ सोमबार १७:४६:२२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचाको पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको छ । 

शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला अस्पतालले जनाएकाे छ ।  

ज्यान जानेमा अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीय कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीय वर्षा थापा रहेकाे प्रहरीले जनाएकाे छ । दुबै जनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया