'बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसके' : श्रीलङ्काली राष्ट्रपति

 माघ ७, २०७६ मंगलबार ८:१६:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलाे पटक देशमा गृहयुद्धको क्रममा बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसकेको स्वीकार गरेका छन् । 

राष्ट्रिपति राजपक्षेले राजधानी कोलम्बोमा संयुकत राष्ट्र सङ्घका एक दूतसँगको भेटमा यस बारेमा टिप्पणी गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा भनिएको छ, ‘बेपत्ता भएका मानिसहरुको मृत्यु प्रमाणपत्र जारी गरिनेछ ।’

श्रीलङ्कामा यस्ता हजारौँ परिवार छन्, जो र्‍याली निकाल्दै बेपत्ता भएका मानिसहरुको बारेमा पत्ता लगाउनु पर्ने सरकारसँग माग गर्दै र्याली निकाल्दै आएका छन् । 

केही परिवारले भने बेपत्ता भएका आफन्तहरु जीवितै रहेको विश्वास गरेका थिए, उनीहरुले बेपत्ता पारिएकालाई सुरक्षा बलले नियन्त्रणमा लिएर राखेको अनुमान गरेका थिए । 

पृष्ठभूमि के थियो ?

श्रीलङ्काली सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण सङ्घर्षपछि सन् २००९ मा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको थियो । यही क्रममा हजारौँ मानिसहरु बेपत्ता भएको बताइएको थियो । 

यो युद्धले श्रीलङ्कालाई जातीय रेखासँगै विभाजन गर्‍याे – बहुसङ्ख्यक बौद्ध सिंहली–बहुल सरकार तमिल विद्रोहीविरुद्ध उभियो, जो एक छुट्टै राज्य चाहन्थे । 

युद्धमा झण्डै एक लाख मानिस मारिएको अनुमान गरिएको छ र झण्डै २० हजार मानिस बेपत्ता भए, जसमध्ये धेरै तमिल समुदायका थिए । 

राष्ट्रपति राजापाक्षे गृहयुद्धको समयमा रक्षा सचिव थिए र उनले विद्रोहीहरुलाई कुल्चिन प्रमुख भूमिका निभाएका थिए । 

उनलाई सिंहली समुदायका कैयौँले नायकको रुपमा मान्छन् भने तमिल समुदायले भने उनलाई अविश्वासको साथ हेर्ने गरेको छ । 

आत्मसमर्पण गर्ने कोसिस या हिरासतमा लगिसकेपछि अधिकांश तमिल विद्रोहीलाई मारिन्थ्यो । यी घटनाका भिडियो प्रमाणहरु भेटिए पनि सरकारले भने यस्ता दाबीहरुलाई नकार्दै आइरहेको छ । 

युद्ध समाप्त भएपछि संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काली सुरक्षा बलमाथि अत्याचारको आरोप लगाएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया