ल्होसारका कारण रसुवागढी नाकाबाट १५ दिन सामग्री आयात–निर्यात नहुने

 माघ ७, २०७६ मंगलबार ८:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

नाकामा राेकिएका मालवाहक गाडी

रसुवा – रसुवागढी नाकाबाट १५ दिन सामग्री आयात तथा निर्यात नहुने भएको छ । ल्होसारका कारण चीनमा सार्वजनिक बिदा हुने भएकाले आयात र निर्यात प्रभावित हुने भएको हो । 

चिनियाँ भन्सारका अनुसार मङ्गलबारदेखि त्यहाँ सार्वजनिक बिदा दिइएको छ । सोमबार झण्डै ६० वटा गाडीमा सिल गरिएको थियो । सिल लगाइएका गाडी भने नेपाल आउने तयारीमा छन् । 

सार्वजनिक बिदा सकिएपछि मात्रै त्यहाँ सिल लगाउने काम सुरु हुने नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताउनु भयो । चीनको केरुङमा रहेका व्यापारी तथा व्यवसायी सोमबारदेखि नै फर्कन थालेका छन् । 

त्यसैगरी चीनको केरुङभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने स्थानमा पहिरो गएपछि चिनियाँ पक्षले मुलाडाँडामा यातायात सेवा रोकेको छ । सिल लागेका गाडीहरू तल आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिएका छ । 

सडक नखुल्दा शुक्रबार सिल लगाइएका गाडीसमेत नेपाल आउन पाएका छैनन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया