पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

 साउन ६, २०७५ आइतबार २०:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका २ बालकको ज्यान गएको छ ।

वीरगञ्ज ३० लालपर्साका भरत साह कलवारका छोराहरु १२ वर्षीय अमित कुमार र १४ वर्षका सुमित कुमारको आइतबार दिउँसो ४ बजे पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

एक बिगाहा क्षेत्रफलको सार्वजनिक पोखरीमा दिउँसै नुहाउन पुगेका बालकलाई दिउँसो ४ बजे स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । समयमै अस्पताल पुर्‍याउन नसक्दा दुवै बालकको ज्यान गएको स्थानीय मनोजकुमार यादवले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया