‘रातभर हिटर बालेका कारण’ आठ जना भारतीय पर्यटकको ज्यान गएकाे प्रारम्भिक प्रतिवेदन

 माघ ७, २०७६ मंगलबार १७:१२:० | हरि हुमागाईं
unn.prixa.net

मकवनपुर - ‘चिसो कोठालाई तताउन रातभर हिटर बालेकाे’ कारणले मकवानपुरकाे दामनकाे हाेटलमा मंगलबार ८ जना भारतीय पर्यटककको ज्यान गएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकमध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा रहेकाे एभरेष्ट पानारोमा रिसोर्टमा ज्यान गएको हो ।

भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका र ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।

एउटै कोठामा सुतेका ८ जना भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेका कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयाे ।

बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमाण्डौको ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले मंगलबार १२ बजे मृत घोषणा गरेका हुन् । ज्यान गुमाउनेमा ४ जना बालबालिका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया